Product Description
प्रस्तुत ‘जीमूतदेखि मनोजसम्म’ मा धर्मै धर्म भएको धर्मपुरीगाउँमा जीमूत नाम भएका एज जना विद्वान थिए । उनका छोरा पनि विद्वान तथा धार्मिक चरित्रवान् र उपदेष्टा थिए । उनका छोरा पनि विद्वान धार्मिक चरित्रवान् र उपदेष्टा थिउ । उनका छोराका पालामा पहिले सदाचारयुक्त स्थल वन्न पुगेको धर्मपुरी पछाडि चोरी, डकैती, हत्या, वलात्कारबाट अाक्रान्त बन्न पुग्यो । फटाहाको जत्था जन्मिएर देश-विदेशसम्म फैलियो अत्याचार । त्यसैबेला अतिव्रष्टि, अनाव्रष्टि भूकम्प, भूस्खलन र भयड्कर रोगको सिकार बन्न पुग्यो धर्मपुरी र समस्त देश…….
यसमा उल्लेख भएका केहि स्लोकहरू यसरी बगेका छन् ।
विज्ञ पण्डित सुशिक्षित दाता ।
नम्र दार्शनिक हुन् कि विधाता ।।
शिष्ट धीर र धनी मृदुभाषी ।
ती थिए विभववाक्यविलासी ।। १ ।।
वाक्यका अधिक उच्च सुरम्य ।
रच्दथे वटुक–पाठकगम्य ।।
लेख नाटक र काव्य निबन्ध ।
व्यञ्जना कति मिठा परिबन्ध ।। २ ।।
ती थिए लपितका दृढ खम्बा ।
देश उन्नत बनाउन टम्म ।।
देखिए पढि–पढी उनका ती ।
काव्य नाटक निबन्ध मिठा कि ।। ३ ।।
विप्रलम्भ उनका कवितामा ।
रम्य भाव नयानाम्बु दिनामा ।।
चित्त धेर हरिए कि पढेर ।
भिज्दथे अधिक आँसु बढेर ।। ४ ।।
प्रेमले अति मिठो वय छाडी ।
प्रेयसी–हृदय चर्चर फाडी ।।
बाध्य बल्लभ गएर विदेश ।
बस्दथे अधिक वल्कलवेश ।। ५ ।।
दैन्यले घर हुँदा पनि घाट ।
आउने अझ भएन र छाँट ।।
जल्दथे ज्वलन चित्त चिरेर ।
आउँथे प्रिय न झट्ट फिरेर ।। ६ ।।
प्रेयसी तन झिनो मन खिन्न ।
पार्दथिन् वदन दारुण भिन्न ।।
आँसुले दयितको दृढ मूर्ती ।
चित्तमा डरभँडार न फुर्ती ।। ७ ।।
आज आगमन हो छ कि भोलि ।
हेर्दथिन् पथ भनी दिल खोली ।।
बाल्दथिन् दिनदिनै कि चिराग ।
दैव लौ वर छ बल्लभ माग ।। ८ ।।
भव्य जीवन मिठो अब के भो ? ।
कष्टको छ भुँवरी जिउने को ? ।।
कालले मकन लान सकेन ।
स्नेहले दयितचित्त कसेन ।। ९ ।।
दर्द पार्दछ वसन्त मलाई ।
के भनू छ मनमा सबलाई ।।
छन् जहाँ खबर दे प्रिय मेरा ।
यो सुनी अब विलाप भँगेरा ।। १० ।।
प्रेमको अति भएर झझल्को ।
रात यो मकन निल्न कि पल्क्यो ।।
भीतिले कति निशासँग छाई ।
नीदले रहित विग्रह खाई ।। ११ ।।
गृष्म पोल्दछ शरीर खँगारी ।
एकली मकन कामक भारी ।।
लौ लगेर पुतली फुकिदेन ।
छन् जहाँ प्रिय छिटै पुगिदेन ।। १२ ।।
प्रेमका स्मृत कथा मन सुन्छ ।
झन् झटारिन गईकन रुन्छ ।।
विर्सने मन लिई सकिएन ।
सम्झिएर अझ खेद गएन ।। १३ ।।
गर्छ बादल गड्याङ्ङ र वर्षा ।
हुन्छु थर्र मनले प्रियचर्चा ।।
गर्छ खै शरण बल्लभ मेरा ।
जा छिटै कहन लौ न चखेवा ।। १४ ।।
मन्द छन् नयन देह पहेँला ।
मान्छु यो जगत गर्दछ हेला ।।
यो रुखो वदन शुष्क भएर ।
लौ गयो मकन विग्रह खेर ।। १५ ।।